बजारमा लसुन अभाव : भाउ बढ्यो ७३ प्रतिशत, तस्करी कि नाकाको अवरोध ?
१८ पुस, काठमाडौं । नेपाली बजारमा पछिल्लो दुई सातामा सुकेको लसुनको भाउ ह्वात्तै बढेको छ । दुई साता अवधिमा लसुन भाउ ३०.२६ देखि ७३.२६ प्रतिशतसम्म बढेको हो । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक केलाउँदा यस अवधिमा सबैभन्दा धेरै चिनियाँ लसुनको भाउ आकाशिएको छ । १ पुसमा चिनियाँ लसुन प्रतिकिलो थोकमा न्यूनतम २ सय ५० देखि अधिकतम औसत २ सय ६३ रुपैयाँमा किनबेच भएको थियो । त्यसपछि क्रमश: बढ्न थालेको थियो । शुक्रबार (१८ पुस) आइपुग्दा प्रतिकिलो थोकमा न्यूनतम ४ सयदेखि अधिकतम ५ सय र औसतमा ४ सय ५६ रुपैयाँ रुपैयाँ कायम छ । यस्तै नेपाली लसुनको भाउ…